धरान / सडक बिस्तारको काम अन्य स्थानमा चलेपनि बिराटनगर-इटहरीको बीचमा पर्ने सुनसरीको दुहवी वजार क्षेत्रको सडक विस्तारको योजना ठेक्का लाग्न सकेको छैन ।
दुहबी वजार क्षेत्रको डेढ किलोमिटर सडक क्षेत्र विस्तार गर्ने कार्य ठेक्कामा लाग्न नसकेको हो । इटहरीबाट दक्षिण दुहवीसम्मको १० किलो मिटर र रानीदेखि उत्तर तर्फको निमुवासम्मको १२ किलोमिटर सडक ठेक्का लागिसकेको छ ।
दुहवी वजार क्षेत्रमा सडक विस्तारका लागि आवश्यक क्षेत्रफल अपुग भएकोले हाललाई डेढ किलोमिटर सडक विस्तारको कामलाई रोकेको सडक आयोजना प्रमुख भट्टराईले जनाकारी दिए ।
‘दुहवी बजार क्षेत्रमा सडक विस्तार गर्दा वजार क्षेत्रमा रहेका कच्ची एवम् पक्की गरी १ सय ७७ घर घत्काउनु पर्ने अवस्था रहेकाले यस क्षेत्रको कामलाई हाललाई रोकिएको छ’ उनले भने ।
सडक आयोजना प्रमुख दीपक भट्टराईका अनुसार दुहवीबजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरू दुई बिघा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनु पर्ने भएकाले जग्गा उपलब्ध गराइदिन सडक विभागलाई पत्रचार गरिसकिएको छ ।
सरकारले घरजग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्काको काम अगाडि वढने आयोजना प्रमुख भट्टराईले बताए ।
अर्थ मन्त्रालयले अनुमति नदिदाँ राेकीयाे धरान–विराटनगर ६ लेन सडक