विजयपुर/धरान– ६ स्थित पानबारीमा नेपाली काङग्रेशका कार्यकर्ता र एमाले कार्यकर्ता बिच झडप भएको छ । झडपमा परि एमालेका दुईजना र नेपाली काङग्रेशका एक जना कार्यकर्ता घाईते भएका छन् ।
स्थानियबासि इश्वर लामिछानेका अनुसार काङग्रेश कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेपछि झडप भएको छ । घाईते भएका एमालेका कार्यकर्ताहरु निराजन थापामगर र अशोक लुङगेलीमगरका टाउको चोट लागेको छ ।नेपाली काङग्रेशका ६ नम्मर वडा सभापती प्रेम पौडेलका अनुसार नेपाली काङग्रेशका प्रकाश कुवरपनि घाईते भएका छन् ।
उनीहरुको स्थानिय अस्पतालमा उपचार गरि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याउने तयारी भएको बताइएको छ ।
सोमबार एमालेले धरान ६ स्थित स्कुल डाडामा चुनाबी प्रचारका लागी सांस्कृतीक कार्यक्रम राखेको थियो । संस्कृतीक कार्यक्रममा मन्तब्य राख्दै एमाले सुनसरीका सदस्य भिम राई ज्वालाले मन्तब्य राख्दै गर्दा नेपाली काङग्रेशका छ नम्मर वडाका उमेद्धार ले कार्यक्रम रोक्न खोजेका थिए ।कार्यक्रम रोक्न खोजेपछि एमाले कार्यकर्ता र काङग्रेशका कार्यकर्ताबिच तनाब उत्पन्न हुन खोजेपनि प्रहरी र एमाले काङग्रेकै नेताहरुले साम्य पारेका थिए ।
एमालेका स्थानिय नेता हेम सुबेदीका अनुसार काङग्रेका कार्यकर्ताले एमालेका जिल्ला सदस्य भिम राई ज्वालाको मन्तब्य मन नपरेको भन्दै आपति जनाएका थिए । नेपाली काङग्रेशका छ नंमर वडा सभापती प्रेम पौडेलका अनुसार एमालेका नेता भिम राई ज्वालाले नेपाली काङग्रेशलाई गुण्डाहरुको पार्टि भनेपछि बिबाद सुरु भएको बताए ।
‘हामी घर दैलो कार्यक्रम सकेर बसेका थियौ,एमालेको कार्यक्रम सुरु हुनै लाग्दा हामी खाजा खान लागेका थियौ पछि नेपाली काङग्रेशलाई गाली गर्दै भाषण गरेपछि बिबाद भएको उनले बताए । एमालेका जिल्ला सदस्य भिम राई ज्वालाले भने आफुले पश्चिम नेपालमा काङग्रेशले एमालेमाथि गुण्डा गर्दि शैलिमा आक्रमण गरिरहेको कुरा मात्र बोलेको बताए ।
‘मैले एमालेमाथि काङग्रेशले गरेको आक्रमण बिरुद्ध बोलेको हो,काङग्रेशका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरासायी भएको कुरा बोलेको हो अरु केही हैन राईले भने । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने स्थीतीलाई नियन्त्रणमा लिइ सकेको बताएका छन् ।