वर्तमान समाज सूचना प्रविधिमा आधारित समाज हो । शिक्षण विधि, पद्धति र सिकाइसमेत सूचना प्रविधिबाट अलग हुन सक्दैनन् । परिवर्तित सन्दर्भमा युगको मागअनुरुप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आवश्यक देखिन्छ । शिक्षामा सूचना प्रविधिको प्रयोग नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना अपूर्ण हुने निश्चित प्रायः छ । हाम्रो देशमा विद्यमान शैक्षिक संरचनाले मात्रै सबैलाई औपचारिक शिक्षा दिन सम्भव देखिँदैन । त्यसैले दूर शिक्षा, अनलाइन तथा खुला शिक्षाको माध्यमबाट पनि शिक्षा दिनु पर्ने आवश्यकता छ । त्यसमा पनि दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षालाई सार्थकता दिन सूचना तथा सञ्चार प्रविधि उपयुक्त माध्यमको रुपमा आएको छ । सूचना प्रविधिले सूचनाको पहुँचमा वृद्धि गर्छ । शिक्षक तथा विद्यार्थीले पाठ्यपुस्तकमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । शिक्षक होस् वा विद्यार्थी– कम्प्युटर, ल्यापटप, स्मार्ट फोनको प्रयोग केवल टेलिफोन तथा मनोरञ्जनका लागि मात्र नभई डिक्सनरी, विकिपिडिया, शैक्षिक सामग्री खोज्न र पढ्नेलगायतका शैक्षिक प्रयोजनका लागि उपयोग गरिँदैछन् । यसले विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गराएको छ । साथै विद्यालयका अभिलेख, विद्यार्थी विवरण, लेखा, रिजल्ट प्रकाशन, शैक्षिक सामग्रीको निर्माणलगायतका काममा सूचना प्रविधिको प्रयोग हुन थालेको छ । जसले व्यवस्थापनलाई सरल र छिटो बनाउनुका साथै विवरणहरु समेत राख्न सहयोग पु¥याएको छ । विद्यालयहरुमा सूचना प्रविधिको विषयगत पढाइको शुरुआत केही वर्षयता हुँदै आएको छ । विश्वमा बढ्दै गएको सूचना प्रविधिको विस्तार र विकासको प्रभावले नयाँ पुस्ताको आकर्षण यस क्षेत्रप्रति बढ्दो छ । ‘सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रुपान्तरणका लागि विषय र माध्यम दुवै रुपमा प्रयोग गर्ने गरी पाठ्यक्रमको विकास गरिनेछ’ राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ मा उल्लेख छ । विश्व प्रविधिमय हुँदै गइरहेको परिप्रेक्ष्यमा नेपालको शिक्षा क्षेत्र त्यसबाट अछुतो रहन सक्दैन । सूचना प्रविधि क्षेत्र नेपालका लागि धेरै सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग अझ बढी उपयुक्त हुने देखिन्छ । नयाँ पुस्तामा आधुनिक समय सुहाउँदो शिक्षाप्रतिको आकर्षण बढ्दो छ । मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने गरी वर्तमान शिक्षा नीतिमा परिवर्तन गरी सूचना प्रविधियुक्त शिक्षा नीतिको आवश्यकता देखिन्छ । सिक्ने र सिकाउने विषयमा विकसित नवीनतम विधि, नियम र प्रविधिलाई कुशलतापूर्वक प्रयोगको उचित वातावरण सृजना गर्दै अन्य विकसित देशको तुलनामा नेपाललाई पु¥याउन सक्ने शिक्षा नीतिका साथै दृष्टिकोण अपरिहार्य छ । आईटी शिक्षा अवसरै अवसर नेपालमा आईटी शिक्षाको भविष्य अति उज्ज्वल छ । सूचना प्रविधिको क्षेत्र र त्यसका अवसरहरू ज्यादै ठूलो छ । सूचना प्रविधिको क्षेत्रमा रोजगारी प्राप्त गर्न कहीँ कतै निवेदन दिइरहनु पर्दैन । आईटी आपैंmमा बृहत् क्षेत्र हो । तर आईटी विकासको चरम उत्कर्षमा पुगेका देशहरुमा समेत मागअनुसारका जनशक्ति पाउन मुस्किल छ । भनिन्छ, आईटी क्षेत्रमा १० वटा काम बराबर एक व्यक्ति छन् । कामको मागअनुसार जनशक्ति अभैm अपुग छ । एउटा व्यक्तिले आईटीका धेरै काम गर्नुपर्ने अवस्था छ । त्यसैले यस क्षेत्रमा यदि आपूmसँग जाँगर र सिर्जना छ भने कम्प्युटरकै अगाडि बसेर लाखौँ कमाउन सकिन्छ । आपूmले विकसित गरेको नयाँ सप्mटवेयरको बिक्रीबाट भाग्य चम्किन कुनै बेर लाग्दैन । आपूmले खोलेका वेबसाइटलाई लोकप्रिय बनाउन सके पनि आम्दानीको बाटो खुल्छ । एकातर्पm आईटीको प्राविधिक ज्ञान हुनेहरू आप्mनै व्यवसायका लागि पनि सक्षम हुन्छन् भने अर्कातर्पm उनीहरू गुणस्तरीय जागिरका लागि पनि योग्य हुन्छन् । सरकारी तथा गैरसरकारी दुवै क्षेत्रमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै दक्ष जनशक्तिको खाँचो पनि बढिरहेको छ । सबै संस्थाले आपूmलाई इन्टरनेटको संसारसँग जोडेर सोहीअनुरूप अघि बढाउने चाहना राखेका हुन्छन् । अब कुनै पनि संस्था, वस्तु वा सेवाका बारेमा बुझ्न ग्राहकहरू फोन गर्ने झन्झट व्यहोर्न चाहँदैनन्, उनीहरू वेबसाइटमार्पmत् नै सबै कुरा जान्न चाहन्छन् । यस्तो परिस्थिति सिर्जना हुनु भनेको सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको माग वृद्धि हुनु हो । आईटी शिक्षा प्रयोगात्मक एवम् व्यावहारिक शिक्षा भएकाले यसमा रोजगारीको अवसर प्राप्त गर्न गाह्रो छैन । तर पनि प्राविधिक शिक्षामा पोख्त र सिर्जनशील भने हुनैपर्छ । पछिल्लो समय युवाहरू कम्प्युटर इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, बीसीए, बिएस्सी सिएसआईटीजस्ता विषयमा आकर्षित हुँदै गएका छन् र यसरी औपचारिक शिक्षामा दक्षता हासिल गरेका विद्यार्थीहरूले देशमा मात्र नभएर विदेशमा समेत अवसर पाइरहेका छन् । तर पनि राज्यले यसतर्पm त्यति ध्यान दिन सकेको छैन जस्तो लाग्छ । यसतर्पm राज्य लाग्ने हो भने पनि बेरोजगार युवा विदेशमा पलायन हुनुपर्ने थिएन कि ?