तरहरा / पूर्वका सरकारी कार्यालयमध्ये सबै भन्दा धेरै भष्ट्राचार शिक्षा क्षेत्रमा भएको भन्दै अख्तियारमा उजुरी परेको छ । २०७० साल असोज १ गते पूर्वमा अख्तियारको कार्यलय स्थापना भए देखि अहिले सम्म १२ सय ३५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाअञ्चलले जनाएको छ ।

edu

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल पूर्वाअञ्चल क्षेत्रीय कार्यालय इटहरीमा हालसम्म परेका १२ सय ३५ उजुरी परेको मध्ये सुनसरी जिल्लाबाट सबै भन्दा धेरै २ सय ४८ वटा उजुरी परेको छ भने थोरैमा सोलुखुम्वु जिल्लाबाट ११ वटा मात्र उजुरी परेको छ । त्यस्तै सप्तरीबाट २ सय ६ वटा उजुरी पप्यो भने मोरगंबाट १ सय ७१ र सिराहबाट १ सय ६७ वटा उजुरी परेको अख्तियार कार्यलय इटहरीले जनाएको छ ।यस्तै झापा जिल्लावाट ७७ वटा उजुरी परेको देखिन्छ । धनकुटामा ९४ वटा छन । धनकटामा ९४,तेह्थुमा २६,भोजपुरमा २६,संखुवासभामा ३४,इलाममा २७,पाँचथरमा १२ताप्लेजुगंमा ३ खोटागंमा ३१,ओखलढुगांमा १९ वटा उजुरी पेको छ । तुलनात्मक रुपमा अरु सरकारी कार्यलयहरुको भन्दा वढि उजुरी शिक्षा क्षेत्रमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता रामजी कटुवालको भनाई छ । भवन निमार्ण तथा वेरुजु विरुद्ध धेरै उजुरी कार्यलयमा अख्तियारमा परेको उनको भनाई थियो ।

उजुरी दिनेको संख्या पछिल्लो समयमा भने घट्दै गएको उनको भनाई थियो । क्षेत्रीय कार्यालय इटहरीले दिएको जानकारी अनुसार नक्कली शैक्षिक प्रमाणपत्र, छात्रबृत्तिमा अनियमितता, जिल्ल विकास समिति, नगरपालिका, शिक्षा कार्यालयले दिएको अनुदान रकमबाट विद्यालय भवन बनाउँदा आर्थिक चलखेल भएको लगायतका शिक्षासँग सम्वन्धित छन प्रवक्ता कटुवालले भने । ब्यावस्थापन समितिको किचालो ,शिक्षक नियुक्तीमा किचलो लगायतका उजुरी पनि कार्यलयमा पर्ने गरेको अख्तियार कार्यलय इटहरी वताउँछ । शिक्षामा परेका उजुरी मध्ये हाल सम्म १ हजार ८६ वटा उजुरी फछ्यौट भएका छन । १ सय ६७ बाँकी रहेको अख्तियार क्षेत्रीय कार्यालय इटहरीका प्रवक्ता कटुवालको भनाई छ । अख्तियारमा परेको केहि उजुरीहरु रिसिईवी साध्ने माध्याम समेत वन्दै गएको भन्दै पछिल्लो समयमा गलत उजुरी दिनेलाई कार्वार्ही सम्म गरिने भए पछि उजुरीको संख्या केहि घट्दै गएको उनको भनाई थियो । विद्यालयको लागी निकासा भएको बजेट धेरै अनियमितता भयो भनेर उजुरी आईरहेको छ प्रवक्ता कटुवालले भने ।

अविभाबक संघ नेपालका अध्यक्ष मणिराम गिरीले भने शिक्षा क्षेत्रमा वढि राजनितिक करणकै कारण उजुरीहरु वढिरहेको वताए । उनले भने अहिले विद्यालय ब्यावस्थापनका विषयमा ब्यापक विवाद आउँने गरेको र राजनितिक करण हुदा रिईसिवि साध्ने माध्याम अहिले अख्यिार बन्दै गएको उनको भनाई थियो । शिक्षा क्षेत्रमा पनि अनियमितता भईरहेको स्वीकार गदै यसलाई शुन्यमा झार्ने अभियानमा सबै लाग्न उनको अपिल छ । शिक्षाको लगानी सहि सदुपयोग हुनु पर्छ उनले थपे । शिक्षामा राज्यको अवै रुपैयाँ लागनी भईरहेको भन्दै यसलाई संरक्षण गर्ने सरकार असफल झै बन्दै आएको उनको भनाई छ ।