गाविस सचिव बेपत्ता हुँदा सेवाग्राही मर्कामा
पाँचथर/पाँचथर जिल्लाको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि बेपत्ता भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
काम लिएर फिदिमसम्म आएपनि सचिव नभेट्दा उनीहरु काम नगरी रित्तो हात घर फर्कन वाध्य भएको स्थानीय घलेन्द्र लिम्वूले बताए ।
उनी सम्पर्कबिहीन भएको झन्डै तीनसाता वित्दासमेत अहिलेसम्म सम्पर्कमा नआएको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए ।
अहिलेसम्म गाविस, जिविस कार्यालय र परिवारसित समेत सम्पर्कमा नरहेको उहाँले वताउनुभयो । उनी सम्पर्कबिहीन भएपछि खोजतलास थालिएको जिल्ला विकास समिति पाँचथरले जनाएको छ ।
उनी जिविसका कर्मचारीसित साउन ६ गतेसम्म सम्पर्क रहेको जनाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































