mahesh 2धरान / अग्लो कद, लामो केश, आकर्षक अनुहार तर साना आँखा । झट्ट हेर्दा कुनै अभिनेताभन्दा कम  नदेखिने आकर्षक व्यक्तित्वका धनी बाहुनी, मोरङका स्थायी बासिन्दा महेश लिम्बूको लुकेको अर्को एउटा प्रतिभा छ, त्यो हो— उनको आवाज ।

वजनदार आवाजका कारण महेश यतिबेला रेडियो कान्तिपुरका लोकप्रिय रेडियो जक्कीका रूपमा स्थापित छन् । फुर्सदको सदुपयोग गर्ने उद्देश्यले झन्डै एक दशक अघि मोरंगको  रेडियो सप्तरंगीमा रेडियो जक्कीका रूपमा करियर प्रारम्भ गरेका महेशले उक्त रेडियोमा करिब डेढ वर्ष काम गरे । स्थानीय श्रोताहरूले उनले आवाजको प्रशंसा गर्दै काठमाडौं गएर रेडियो कान्तिपुरमा कार्यक्रम प्रस्तोता बन्न सुझाव दिए । २०६५ सालमा रेडियो कान्तिपुरमा रेडियो जक्कीका लागि आवेदन पनि दिए तर उत्तीर्ण भएनन् । लगत्तै नेपालबाणी नेट्वर्कमा कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय भएपछि २०७० सालमा पुन: रेडियो कान्तिपुरमा प्रतिस्पर्धा गरे ।रेडियो कान्तिपुरमा प्रवेश गरेको केही महिनामै महेशले हप्ताको आधा दर्जनभन्दा बढी कार्यक्रम प्रस्तुत गर्न थाले । विगत डेढ वर्षयता कान्तिपुर समाचारका हरेक बुलेटिनभन्दा अघि बज्ने कमर्सियलमा महेशकै आवाज सुनिन्छ । दर्जनौं स्टेज कार्यक्रम तथा कन्सर्टमा उद्घोषण गरिसकेका महेशलाई यतिबेला रेडियो कान्तिपुरमा प्रत्येक आइतबार बिहान १० बजे‘विस यू अल द बेस्ट’ दिउँसो १ बजे ‘के छ नेपाल’,बुधबार बिहान १० बजे ‘बायोस्कोप’, बिहीबार बिहान १० बजे ‘गूड न्यूज’, शुक्रबार साँझ ५ बजे ‘फेनाटिक फ्राइडे’ जस्ता कार्यक्रममा सुन्न सकिन्छ भने उनलाई भर्खरै सगरमाथा टेलिभिजन बाट प्रसारण शुरु भएको कार्यक्रम 'प्ले स्टोर'मा समेत भिडियो जक्कीको रुपमा देख्न सकिन्छ। दर्जनौ विज्ञापनमा भ्वाइस ओभर गरिसकेका महेशले भर्खरै मात्र अभिनयमा समेत पाइला सारेका छन् । गायक किरण लिम्बुको 'एक्लो रात' शीर्षकको म्युजिक भिडियोमार्फत अभिनयमा पदार्पण गर्न लागेका महेश लगत्तै आधा दर्जन भिडियोमा अभिनय गर्दैछन् । केही चलचित्रबाट प्रस्ताव समेत पाइसकेका महेश भिडियोको अभिनयबाट आएको प्रतिक्रियापछि मात्र चलचित्रमा आउने–नआउने निर्णय गर्ने बताउने उनी एक ब्यवसायी समेत हुन, होटल,कपडा सम्बन्धी ब्यापार ब्यवसायमा संलग्न उनी नेपाली चलचित्रको प्रबर्द्धनमा समेत लागि परेका छन ।