धरान/धरानको युवाहरुको संस्था फरवर्ड युथ ग्रुप र ब्लु पिन्क इन्टरटेनमेन्टले मानव बेचविखन विरुद्धको १० औं राष्ट्रिय दिवसमा धरानमा जनचेतनामूलक र्याली निकालेको छ । manab धरानको पब्लिक उच्चमाविबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै भानुचौकमा आएर हस्ताक्षर संकलन अभियानमा टुंगिएको थियो । उनीहरुले मानव बेचविखन विरुद्ध हस्ताक्षर संकलनसमेत गरेका थिए । हरेक वर्ष यो संस्थाहरुले जनचेतनामूलक कार्यक्रमसँगै हस्ताक्षर संकलन गर्ने गरेको छ । र्यालीमा एकदर्जन बढी संस्थाहरु सहभागी बनेका थिए । ‘एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अत्य हाम्रो साझा सरोकार’ नारासहित यो वर्ष राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस मनाइएको छ । जनचेतनामूलक कार्यक्रममा माइति नेपाललेसमेत विभिन्न ब्राउजर र पम्प्लेटहरु वितरण गरेका थिए । र्याली पब्लिक स्कुल हुँदै पुतलीलाइन, भानुचौक, देशीलाइन, पुरानो बजार रत्न रोड हुँदै पुन भानुचौकमा आएर टुंगिएको थियो । र्यालीमा धरान रन, लायन्स क्लव विजयपुर, रोटरी क्लव, फरवर्ड युथ ग्रुप, नेवा नेतृत्व समाज, सेवक अभियान, बाझोगरा युथ क्लव, सामुदायिक सेवा केन्द्रलगायत संस्थाको उपस्थिति रहेको ब्लुपिन्कका व्यवस्थापक बिक्की पोदारले बताए ।