टुक्रा टुक्रा पारेर एक युवाको हत्या
धरान/विराटनगर(१३ तीनटोलियामा मंगलबार एकाबिहानै एक व्यक्तिको हत्या भएको छ ।
अक्सफोर्ड होस्टल सञ्चालक विनोद यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हत्या गरेर बोरामा हालेको अवस्थामा यादवको शव फेला परेको छ ।
उनी श्रेष्ठको घरमा बहालमा बस्दै आएका थिए । घरबेटी नभएको अवस्थामा शव फेला परेको छ । ती युवाको टाउको, जीउ र खुट्टा काटेर अलग–अलग पारिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
उनका अनुसार ती व्यक्ति पाँच दिनअघिमात्र उक्त घरमा डेरा सरेर आएका थिए। उनीसँगै रहेका बालक भने सकुशल फेला परेका छन्।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले युवाको हत्या भएको र त्यसबारे अनुसन्धान भइरहेको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































