इलाम/नेपालको सविंधान २०७२ को धारा ३५ को स्वास्थ्य सम्बन्धी हकको व्यवस्था भएतापनि इलाममा रात्री समयमा विरामीहरुले चाहिएको कुनै औषधि प्राप्त गर्न सकेका छैनन् ।जिल्ला अस्पताल इलाममा सामुदायिक औषधि कार्यक्रम अन्तर्गत सञ्चालित फार्मेसी मात्र रात्रीको समयमा सञ्चालन भइरहेका छन् । ausa सञ्चालन भएका फार्मेसीहरुमा सरकारी नियम अनुसार सिमित औषधि मात्र उपलब्ध हुने भएकाले विद्यार्थी,सर्वसाधारणले रातको समयमा कुनै औष्धि नपाएर समस्या भोग्दै आइरहेका छन् । अधिकाशं यसको असर विद्याथी वर्गमा परेको छ ।महेन्द्र रत्न वहुमुखि क्याम्सका विद्यार्थीहरुले औषधि रातको समयमा औषधि नपाएको समस्याले गर्दा पढाईसगैँ संकट भोग्दै आउनु परेको गुनासो प्रकट गरे । राज्यतर्फबाट सुरक्षाको ग्यारेन्टी दिएर साथै कानुन बमोजिम फार्मेसी सञ्चालन गर्न नेपाल विद्यार्थी संघ मरव क्याम्स इलामले प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यलय इलाममा अनुरोध पत्र वुझाएका छन् । रात्री समयमा यस्तो संकटबाट विद्यार्थी लगायतलाई सहजता दिलाउन र समस्यालाई गम्भीर रुपमा लिनका लागि अनुरोध पत्र बुझाएको हो ।अनुरोधपत्रमा फार्मेसीमा  रात्री समयमा विरामीहरुलाई सहजताका साथ औषधि उपलब्ध नगराए कारवाहीको व्यवस्था गर्नु पर्ने लगायतका विषयहरु उल्लेख छन् ।