बार्सिलोना हार्दा रियललाई फाइदा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

बार्सिलोनाले गए रातिको खेलमा नवप्रवेशी आलाभेसबाट २–१ गोल अन्तरले हार बेहोरेको हो । खेलको ३९ औं मिनेटमा आलाभेस क्लवबाट अग्रता कायम गरेको थियो । तर, बार्सिलोनाले केही समयमै बराबरीमा रोके ।
सुरुवाती समयमा प्रशिक्षक लुइस इनरिकले लिओनल मेसी र लुइस सुआरेजलाई टिममा समावेश गरेका थिएनन् । पुनः खेलको ६४ औं मिनेटमा गोमेज परेजले गोल गर्दै टिमलाई जिताए ।
यो हारसँगै बार्सिलोना रियल मड्रिडभन्दा ३ अंकले पछाडि परेको छ । रियलले ओसासुनालाई ५–२ गोल अन्तरले हराउँदा युरो कपबाट घाइते बनेका क्रिष्टियानो रोनाल्डोले कमब्याक गर्दै गोल गरेका छन् ।
































