धरान/इग्लिस प्रिमियर लिगमा आएका पेप ग्वार्डिओला र जोजे माउरिन्होबीचको लडाई अन्ततः पेप अघि देखिएका छन् । गए रातिको खेलमा पेपको म्यानचेष्टर सिटीले म्यानचेष्टर डर्बीलाई २–१ गोल अन्तरले हराएको छ ।
[caption id="attachment_13548" align="alignnone" width="780"]
फाेटाे गुगल[/caption]
यो हारसँगै यिनीहरुबीचको प्रतिष्ठानको लडाई फेरि एकपटक रोमाञ्चक बन्ने देखिएको छ । पेप हालै बार्सिलोना छाडेर सिटीमा प्रशिक्षकका रुपमा भित्रिएका हुन् भने जोजे पनि हालै डर्बीमा आएका हुन् । डर्बीमा आएलगत्तै उनले राम्रा खेलाडीहरुलाई किन्ने तयारीमा लागिरहेका छन् ।
जस अन्तर्गत पोग्वालाई सबैभन्दा मंहगो मूल्य तिरेर राखिएको छ । उनी डर्बी छाडेर अन्तै जान लागेका थिए । यि दुई प्रशिक्षकमा एउटा कुरा भने समानता छ । त्यो के भने दुबैले खेलाडी चिन्न सक्छन् । को खेलाडी कस्तो भन्ने हैसियतको बारेमा थाहा पाउने यि दुबै प्रशिक्षक संसारकै उत्कृष्ट प्रशिक्षकको रुपमा हेरिन्छ ।
सिटीले युनाइटेडलाई उसकै घरेलु मैदानमा हराउन सफल भएको छ । सिटीले सुरुवाती ३६ मिनेटमै दुई गोल गरिसकेको थियो । यता ब्रेभोको गल्तीको फाइदा डर्बीले उठाएको थियो ।
सिटीले १५ औं मिनेटमा केभिन डी ब्रुयेनको गोलले अग्रता लिएको थियो । ३६ औैं मिनेटमा इहिनाचोले सिटीको अग्रता दोब्बर पारे ।