विजयपुर /भाषालाई सजिलो बनाउने नाममा भा“डभैलो मच्चाएर अस्तित्वलाई नै सङ्कटग्रस्त गतिविधि भएको भन्दै महेन्द्र बहुमुखि क्यामपस धरानको नेपाली बिभागले असहमति प्रकट गरेको छ । भाषा घोषणापत्र वा परिपत्रका माध्यमबाट उर्दी जारी गरेर परिवर्तन हुने वस्तु नभएको भन्दै कुनै ब्यक्ति वा निकायले देवानगरी लिपि र नेपाली भाषा अस्तब्यस्त पार्न खोजेको भन्दै बिभागले यस्ता कार्यहरु निन्दनीय भएको जनाइएको छ ।सोमबार प्रेश बिज्ञप्ति जारी गर्दे बिभागले एक हजार वर्षभन्दा लामो इतिहास बोकेको नेपाली भाषा र अझ यसभन्दा लामो इतिहास भएको देवनागरी लिपिको आप्mनै विशेषता, मर्यादा र सान्दर्यलाई कसैको सहजताका लागी परिबर्तन गर्न नहुने उल्लेख गरिएको छ ।बिभागका प्रमुख प्रा.डा. भोलानाथ पोखरेलद्धारा जारी बिज्ञप्तिमा भाषाको सार्वभौमसत्ता यसका प्रयोक्तामा निहित हुने र जीवन्त भाषा आफै गतिशील पनि हुने भएकाले यसमा समयसापेक्ष सुधार प्रयोक्ताको जिब्रोअनुकूल सहज रुपमा आपै“m उल्लेख छ । ‘भाषाविद् वा वैयाकरणहरुको काम नियम बनाएर भाषा वा वर्णविन्यासलाई भत्काउने नभई भाषामा विद्यमान् नियमहरुको खोजी गरी त्यसलाई सूत्रबद्ध गर्ने मात्र हो ’ बिज्ञप्तिमा भनिएको छ । हु“दै नभएको अधिकार प्रयोग गरेर नेपाली भाषाको लेख्य मानक प्रयोग वा वर्णविन्यासमा भा“डभैलो मच्चाउन खोज्ने केही व्यक्ति र निकायका पछिल्ला निरङ्कुश व्यवहारले शिष्ट परम्पराबाट स्थापित नेपाली भाषाको लेख्य मानक प्रयोगको परम्परालाई नै समाप्तिको दिशातर्पm डो¥याउने हाम्रो ठहर छ ।