मोरङ/ नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवस (२०७३) को अवसरमा नेपालको सातवटै प्रदेशबाट उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा विज्ञान सङ्कायतर्पm सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । अन्य प्रदेशबाट एक–एकजना विद्यार्थी पुरस्कृत हुँदा प्रदेश नम्बर १ बाट तीनजना विद्यार्थी पुरस्कृत भएका छन् । arani ती सबै अरनिको आवासीय उमावि विराटनगरका विद्यार्थी हुन् । विद्यार्थीत्रय डेनिस खतिवडा, श्रीयसराज भट्टराई र शशाङ्क भट्टराईले समान ८ सय ६२ अङ्क ल्याएर पुरस्कृत भएका हुन् । उनीहरुलाई नगद, शिल्डसहित प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कृत विद्यार्थीहरूमध्ये शशाङ्क एसएलसी परीक्षामा समेत विज्ञान विषयमा सर्वाेत्कृष्ट अङ्क हासिल गरेर राष्ट्रपतिबाट सम्मानित भएका थिए । उच्च मावि तहको अध्ययन पूरा गरी श्रीयसराज भट्टराईले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्जद्वारा (२०७३) सालमा लिएको एमबीबीएस तर्पmको प्रवेश परीक्षामा पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका छन् भने डेनिस खतिवडाले पनि आईओई पुल्चोकमा इञ्जिनियरिङतर्पm पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । यसैगरी भर्खरै नतिजा प्रकाशन भएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा चारजना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । गुणस्तरीय विज्ञान शिक्षाको पर्यायवाचीको रुपमा रहेको अरनिको आवासीय उमाविका प्रिन्सिपल राजेश कार्की सफलताको श्रेय अनुभवी प्राध्यापकहरुको निरन्तर मेहनत र विद्यार्थीहरुको अथक प्रयासनै रहेको बताउँछन् ।