राजविराज/सप्तरीको कोइलाडी गाविसमा गत शुक्रबारदेखि पैmलिएको झाडापखालाका दुई बिरामीमा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक हैजाको जीवाणु फेला परेको छ ।राजविराजको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा भर्ना भएका दुईजना बिरामीमा यो जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मुखको माध्यमले दिसाबाट सङ्क्रमित पानी र खानेकुराबाट पैmलिने यो जीवाणु कोइलाडी–२ का सोनीदेवी र सचियामा फेला परेको जनस्वास्थ्य प्रमुख विजयकुमार झाले बताए । ‘दुईजनामा ब्याक्टेरियम भिब्रियो कोलेरी नामक हैजाको जीवाणु फेला परेको हो’, उनले भने, ‘यद्यपि ब्याक्टेरियम भिब्रिया कोेलेरी नामक हैजाको जीवाणुबारे यकिन हुन नसकेको हो ।’उनले काठमाडौँमा ल्याब परीक्षणपश्चात् मात्र यो जीवाणुबारे यकिन हुने बताए ।
उनका अनुसार हैजाको प्रकोप पैmलाउन भिब्रियो कलेरी ‘ओ १’ र ‘ओ १३९’ प्रजाति जिम्मेवार भए पनि ‘ब्याक्टेरियम भिब्रिया कोेलेरी’ को जीवाणु देखिनासाथ हैजा भएको मानिन्छ । सो गाविसमा हाल पाँच दर्जन मानिस झाडापखालाले ग्रसित रहेकाले आवश्यक औषधिसहित जनस्वास्थ्यबाट टोली पठाइएको प्रमुख झाले बताए ।कोइलाडी गाविसका २, ४ र ६ नम्बर वडामा पैmलिएको झाडापखालाले ग्रसित मानिसमध्ये २२ जनाको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा, ७ जनाको गाउँकै स्वास्थ्य चौकीमा र ४५ जनाको जनस्वास्थ्यबाट खटिएका स्वास्थ्थकर्मीको निगरानीमा उपचार भइरहेको कोइलाडीका स्वास्थ्य चौकी इन्चार्ज परशुराम यादवले जनाए । यादवका अनुसार यी वडाहरुबाट झाडापखालाले ग्रसित थप बिरामीहरु आउने क्रम रोकिएको छ्र्रैन ।
एक साताअघि सप्तरीकै जमुनी मधेपुरा गाविसमा झाडापखालाको प्रकोप देखिएको थियो । त्यो नियन्त्रण हुन नपाउँदै कोइलाडीमा झाडापखाला महामारीका रुपमा पैmलिने सम्भावना देखिएको छ । दुई वर्षअघि सप्तरीको बाढी प्रभावित क्षेत्र कोइलाडी, सकरपुरा, रमपुरा मल्हनियाँ, को–बरसाइन, को–मधेपुरा, लौनियाँ, तिलाठीलगायतका दलित तथा विपन्न समुदायमा झाडापखालाले महामारीको रुप लिएको थियो । यस वर्ष खाडो नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको थियो । बाढीसँगै झाडापखालाको प्रकोप शुरु भएका कारण त्यस क्षेत्रका बासिन्दामा त्रास बढेको कोइलाडी–२ का ललित मण्डल बताउँछन् ।