पाँचथर / सदरमुकाम फिदिमबाट पहिलोपल्ट स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा संचालनमा आएको छ । विपन्न र विशेष गरी ग्रामिण क्षेत्रका सर्वसाधरणलाई लक्षित गरी एम्वुलेन्स सञ्चालनमा ल्याइएको हो ।उक्त एम्वुलेन्स सेवाको प्रमुख जिल्ला अधिकारी किरण थापाले वुधबार एम्वुलेन्सको चावी खोलेर उद्घाटन गरे ।

ambulance-660x330

जिल्लाका ९ जना यूवाहरु मिलेर नव नेपाल पाँचथर संस्था दर्ता गरी यो एम्वुलेन्स सेवा संचालन गरेको संस्थाका अध्यक्ष प्रदिप बाँस्कोटाले जानकारी दिए । यस्तै केही दिन अघि मात्रै दक्षिणी पाँचथरको यासोक बजारमा पनि चौविसै घण्टा सेवा प्रवाह गर्ने उदेश्य राखेर सो क्षेत्रका दश वटा गाविसलाई लक्षित गरी एम्वुलेन्स सेवा संचालनमा ल्याइएको थियो ।