तत्काल संविधान संशोधन गर्नुपर्र्छः डा भट्टराई
इनरुवा/नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री डा भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए ।
संयोजक डा भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्नेमा जोड दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































