इटहरी उपमहानगरले राखेकाे अनाधिकृत व्यानर कांग्रेसले हटायो
धरान/नेपाली कांग्रेस धरान नगर समितिले इटहरी उपमहानगरले धरान क्षेत्रमा राखेको अनाधिकृत ब्यानर हटाएको छ ।
इटहरीले सेउती पुललाई सीमाको आधार मान्दै ब्यानर राखेको थियो । कांग्रेस निकट तरुण दलको सहयोग लिएर नगरले त्यस क्षेत्रमा राखिएको दुईवटा ब्यानर हटाएको हो । लायन्स क्लव अफ इटहरी र इटहरी उपमहानगरपालिका लेखिएको ब्यानर हटाइएको नगर सभापति तिलक राईले जानकारी दिए ।
करिव ५ वर्ष अघि पनि नागरिक समाजको नाममा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र इटहरी उपमहानगरलाई धरान क्षेत्रमा पर्ने बारे जानकारी गराएको थियो । उक्त झिकिएको बोर्डहरु धरान उपमहानगरपालिकामा राखिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































