उर्लाबारी / नेकपा एमालेकी केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाम्फेले आगामी कार्तिकबाट शुरु हुने चार महिने जनपरिचालन अभियानमार्पmत् मधेशमा एमालेविरुद्ध पैmलाइएको भ्रम चिर्ने बताएकी छन् । एमाले उर्लाबारी नगर कमिटीले मङ्गलबार दशैंतिहारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै तुम्बाहाम्फेले तराई मधेशमा एमाले मधेशी जनताको विरोधी हो भन्ने भ्रम पैmलाइएकोले त्यसलाई अभियानले चिर्ने बताइन् ।
एमाले उर्लाबारी नगर अध्यक्ष मनोरथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ अध्यक्ष महेश रेग्मी, सांसद् एवम् जिल्ला सचिव ऋषिकेश पोखरेल, १ नम्बर प्रदेश कमिटी सदस्य खेम नेपाली, जिल्ला उपसचिव विद्या चाम्लिङ, जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, क्षेत्रीय अध्यक्ष गंगाप्रसाद बाँस्तोला, उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ, प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सचिव डा. उद्धव पोखरेल, सङ्गठनका उर्लाबारी बहुमुखी क्याम्पसका अध्यक्ष प्रेम उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा–माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका दुई दर्जनलाई प्रमुख अतिथि तुम्बाहाम्फेले अबिर लगाएर पार्टीमा स्वागत गरेकी थिइन् ।
एमालेको शुभकामना
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































