विजयपुर/रेड ब्लड सेल एप्लेसियाबाट पिडित बालक सबिन राईको उपचारका लागि कोरीयामा रहेका नेपालीहरुको फन लभर्स समुहले ७० हजार रुपैया आर्थिक सहयोग गरेको छ । फन लभर्सका प्रतिनिधीले बिहीबार धरान –१० स्थित मेरील्याण्ड स्कुलका बिद्यार्थीहरुको क्लब द बिकनको संयोजनमा सबिन राईलाई प्रदान गरिएको थियो । कोरियामा रहेका अनित र्राइको सहकार्यमा भरत आलेमगर सहितको समुहले द बिकन मार्फत सहयोग रकम प्रदान गरेको हो ।
फन लभर्सको प्रतिनिधित्व गर्दै अनितकी श्रीमती दिपा राई गोरसमान आले र किरण तामाङले पिडित सबिन राईलाई नगद सहयोग प्रदान गरेका थिए । फन लभर्सले द बिकनलाई पनि दश हजार रुपैया आर्थिक सहयोग गरेको छ । द बिकन ले सामाजीक कार्य गर्न थप हौसला दिन सहयोग प्राप्त भएको द बिकनका संयोजक मेरिल्याण्ड स्कुलका शिक्षक मनोज राईले बताए । त्यसैगरि दुबै मृगौला फेल भई उपचार गराई रहेका दार्जेलिङका अनुज राईको उपचारका लागिपनि फन लभर्स र द बिकनले तिन तिन हजार रुपैया सहयोग गरेका छन् ।द बिकनले सबिन राईको उपचारका लागि चार लाख भन्दा बढि आर्थिक साहयता संकलन गरि सकेको जनाएको छ ।सबिनको उपचारमा ३० देखी ४० लाख नेपाली रुपैया खर्च लाग्ने द बिकनका संयोजक मनोज राईले चिकित्सकलाई उदृत गर्दै जानकारी दिए । सबिनलाई अहिले प्रत्येक महिना तिन पाउण्ड ब्लड र १२ हजार रुपैयाको औषधि खर्च हुने गरेको छ ।