विजयपुर /पुर्व डिपोटियन विद्यार्थी संगठनले हरेक वर्ष झै पुर्व गुरु, गुरुआमा र एकजना पुर्व विद्यार्थीलाई वुधवार सम्मान गरेको छ । धरान १८ स्थित डिपो आदर्श वहुमुखि क्याम्पसको प्रागणमा डिपोटियन भेला तथा सम्मान कार्यक्रमको आयोजना गरेर डिपो विद्यालयमा विशेष योगदान पुर्याउने एक जना गुरु एक जना गुरुआमा र डिपो स्कुलका पुर्व विद्यार्थीलाई सम्मान गरिएको थियो ।
२०३१ साल देखि २०५४ साल सम्म २२ वर्ष डिपो स्कुलमा अध्यापन गराएको गुरु यज्ञश्वर खनाल र २०२६ साल देखि २०३४ साल सम्म ८ वर्ष डिपो स्कुलमा अध्यापन गराएकी गुरुआमा नयनाकला शर्मा प्रधानलाई गुरु दक्षिना वापत जनहि नगद ३० हजार रुपैया सहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
त्यस्तै गरि २०४० साल व्याचकी पुर्व विद्यार्थी हाल २०५६ साल देखि जिल्ला विकास समिति सुनसरीमा सामाजिक विकास शाखा अधिकृतका रुपमा कार्यरत माया राईलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो पुर्व विद्यार्थी संगठनका कार्यवाहक अध्यक्ष रेखा गुरुङ्ग, प्रमुख अतिथी २०३५ व्याचको डिपो पुर्व विद्यार्थी तथा सुनसरी टेक्निकल कलेजका प्रवन्ध निर्देशक लेखिराज सुव्वा, विशेष अतिथी डिपो क्याम्पसका व्यावस्थापन समिती उपाध्यक्ष नन्दवहादुर राई, र प्राचार्य राजकुमार राईले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए ।
गुरु गुरुआमालाई प्रदान गरिएको गुरुदक्षिणा रकम हाल हङ्गकङ्ग वस्नु हुने पुर्व डिपो विद्यार्थी मधुकुमार चाम्लिङको पहलमा कार्यक्रमका सह आयोजक समेत रहेका पुर्व डिपो विद्यार्थी हङ्गकङ्गले सहयोग गरेका थिए । कार्यक्रममा २०४१ व्याचका विद्यार्थीहरुले कार्यक्रम आयोजनाको लागि १० हजार रुपैया र सामाजिक कार्यमा सहयोग पुगोस भनेर अक्षयकोष निर्माणका लागि ४१ हजार रुपैया संगठनलाई हस्तान्तरण गरेका थिए । प्रमुख अतिथी लेखिराज सुव्वाले मन्तव्यको क्रममा थप ५० हजार रुपैया अक्षयकोषका लागि र डिपो स्कुलमा छात्रवृतिको लागि ५० हजार रुपैया प्रदान गर्ने घोषण गरेका थिए ।
त्यस्तै गरि कार्यक्रमा अतिथी स्पेस टाइम्स नेटवर्क प्रालिका संचालक तथा प्रवन्ध निर्देशक विदुरविक्रम पन्तले पनि नगद ५ हजार रुपैया पुर्व डिपो विद्यार्थी संगठनलाइ सहयोग गरेका छन । कार्यक्रमको धरान स्पेस टाइम्स नेटवर्क प्रालिको सिटि सिनेमामा प्रत्यक्ष प्रसारण समेत गरेका थिए । कार्यक्रम आयोजनाको लागि सह आयोजक पुर्व डिपो विद्यार्थी सिंगापुर, सह आयोजक डिपोटियन स्पोर्टस क्लवका उपाध्यक्ष झुना राई, सेपाक टेक्रो संघका सुनसरी अध्यक्ष तथा पुर्व डिपो विद्यार्थी २०४३ व्याचका विरेन्द्रविक्रम लिम्वु, २०५० व्याचको पुर्व डिपो विद्यार्थी हङकङ्ग, २०६४ व्याचका हाल कुवेतमा कार्यरत मोहन राई , युकेमा कार्यरत पुर्व डिपो विद्यार्थी लगायतले सहयोग गरेको कार्यक्रम संचालक तथा संगठनका सचिव विकास चाम्लिङ राईले जानकारी गराए ।