भद्रपुर/ स्वास्थ्य मन्त्री गगन थापाले चलिआएका सरकारी अस्पताललाई फरक ढंगले सञ्चालन गर्नका लागी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र बलियो बनाउने तर्फ प्रक्रिया अघि बढाइएको बताएका छन् । ज्यामिरगढी स्वास्थ्य चौकी भवन उद्घाटन गर्न शुक्रवार झापा आएका मन्त्री थापाले भद्रपुर स्थित मेची अञ्चल अस्पतालको निरीक्षण गरी वर्तमान अवस्था बुझदै अस्पतालको सुधारउन्मुखका लागि आफु लागि पर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

20161007_122335

स्वास्थ्य मन्त्रालयमा आएको बजेट खर्च नभएको परिपाटीलाई परिवर्तन गर्दै नागरिकको स्वास्थ्य उपचारमा मन्त्रालयले अस्पताल क्षेत्रमा आवश्यक्ता अनुसार बजेट निकासामा कुनै कमी नगर्ने उल्लेख गरेका छन् । मेची अञ्चल अस्पतालको अवस्थालाई हेरेर उनले भावी योजना ल्याएमा आउदो वर्षमा कम्तीमा चार करोड रकम निकासा गरिने उनले आश्वासन दिएका छन् । अञ्चल अस्पतालमा आएका बिरामीले सवै प्रकारको स्वास्थ्य सेवा पाउन जरुरी रहेको उनको भनाई थियो । मिग्रौला बिरामीलाई मध्यनजर गरी ८५ लाखमा २ ओटा डायालेलिस मेशिन अस्पतालको लागी स्वीकृत भइसकेको र प्रभावारी भएमा थप मेशिन उपलब्ध गराइने समेत उल्लेख गरेका छन् । अस्पतालको वारेमा मेडिकल सुपरीटेण्ड डाक्टर पिताम्बर ठाकुरले जानकारी गराएका थिए ।

दरबन्दी अनुसार चिकित्सक उपलब्ध नभएको , आइसियु सेवा सुचारुको लागी अन्तिम चरणमा पुगेको,भवन मर्मतकालागी बजेट नभएको, चिकित्सक आवास गृह जिर्ण भएकाकारण वाहिर बस्न बाध्य भएको लगायतको विषयमा जानकारी गराएका थिए । त्यसैगरी नेपाली काग्रेस झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले अस्पतालको सुधारका लागि चार बुदे माग सहित मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा अस्पताल भवन पुरानो र जिर्ण भएकोले नयाँ भवन निर्माण गर्नुपर्ने, दरबन्दी अनुसारको डाक्टर नआउने भएकोले दरबन्दी अनुसार डाक्टर खटाउनु पर्ने, आइसियु सेवा चाडो भन्दा चाडो सुरु गर्ने आवश्यक व्यवस्था मिलाउनु पर्ने र मेची अञ्चलमै हृदय रोगको उपचार केन्द्र नभएकोले हृदय रोग केन्द्र मेची अस्पतालमै स्थापना गर्नुपर्ने माग उल्लेख रहेको छ ।