Bus load in nepal roadधरान/ सङ्खुवासभा हिँडेकी विमला खातीले काठमाडौँबाट धरानसम्म आउँदा टिकटमा उल्लेखित मूल्य र तिर्ने मूल्य फरक थियो ।  टिकटमा १२ सय रुपैयाँ तिरिन् भने सिटको मूल्य भने २ हजार रुपैयाँ तिरेको उनी बताउँछिन् । ‘नत्र सिटै नपाउने । बाध्य भएर तिर्नै प¥यो ।’ धरानमा बिहानै भेटिएकी उनले भनिन् । अन्य बेला एक हजार रुपैयाँमा आउने÷जाने गरेकी उनी हरेक दशैँमा आउँदा महङ्गो मूल्य तिर्नुपरेको गुनासो गर्छिन् । उनी मात्रै होइन, काठमाडौँबाट धरान आइपुगेकी विमला गौतमले पनि महङ्गो टिकट खरिद गरेर आउनु परेको गुनासो पोखिन् । उनले अन्य बेलाभन्दा झण्डै दोब्बर भाडा तिर्नु परेको गुनासो गरिन् । टिकटमा चाहिँ निर्धारित दरभन्दा तलमाथि नलेख्ने तर भाडा लिँदा चाहिँ बढी लिने गरिएको उनले बताइन् । महङ्गो भाडादर तिरेर काठमाडौँबाट दशैँ मान्न बाहिरिने खाती र गौतम प्रतिनिधि पात्र मात्रै हुन् । चाड मान्न आउनेहरुको ताँती हुने भएकाले पनि महङ्गो मूल्य चुकाएर यात्रुहरु गन्तव्यमा आउने गरेका छन् । बसमा मात्रै हैन, हवाई यात्रामा समेत यस्तै ब्रह्मलुट मच्चाइरहेका छन् । सम्बन्धित निकायहरुले यसतर्पm ध्यान नदिँदा यातायात व्यवसायी मात्रै हैन, हवाई व्यवसायीहरुले समेत ब्रह्मलुट मच्चाइरहेका हुन् । तर अहिले काठमाडौँ जाने यात्रुलाई भने बसमा ५ सय रुपैयाँसम्ममा लैजाने गरेका छन् । गाडी खाली जाने भएकाले पनि अधिकांश बसहरुले टिकट दरभन्दा ५० प्रतिशतभन्दा बढी सस्तोमा पठाउने गरेका छन् । केही दिनअघि बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको बराह बसहरुमा काठमाडौँ जान भाडा दरमा ५० प्रतिशत छुट रहेको फेसबुकमार्पmत् सार्वजनिक गरेको थियो । धरानबाट दैनिक झण्डै ६० को हाराहारीमा रात्रि तथा दिवा बसहरु काठमाडौँका लागि छुट्ने गरेका छन् । यताबाट खाली लैजानु परेकाले पनि जति भाडामा पनि लाने गरेको यातायातमा कार्यरत् मजदुरहरु बताउँछन् । यातायात क्षेत्रमा कार्यरत् धरान–१५ का रमेश बस्नेत भन्छन्, ‘खाली गाडीहरु पठाउनुपर्ने बाध्यता हुन्छ यस बेला । त्यही भएर ५ सयसम्ममा पनि काठमाडौँ लाने गरेका छन् । खाली जानुभन्दा केही रकम त आउँछ ।’ तर, कसैमा पनि छुट गर्न सूचना सार्वजनिक गर्ने अधिकार नभएको बताए । यातायात मन्त्रालयले तोकेको भाडादरभन्दा तलमाथि गर्न सक्ने अवस्था यातायात व्यवसायी वा सञ्चालकलाई नहुने उनले बताए । यता हवाइजहाजको भाडादरमा पनि यस्तै अवस्था छ । एक यात्रीले नाम नछाप्ने शर्तमा भने, ‘यो बेला बुद्ध एयरले समेत विराटनगर–काठमाडौँ १८ सय रुपैयाँमा लगिरहेको छ ।’ बुद्ध एयरका धरान शाखा प्रमुख विनोद पोखरेलले केही दिन अघिसम्म स्किम रहेको बताए । स्किमअन्तर्गत २२ सय रुपैयाँमा विराटनगर–काठमाडौँ एकोहोरो उडाइएको उनले बताए तर आउँदा भने ७ हजार रुपैयाँसम्म भाडादर कायम गरिएको छ । यस बेला बसमा होस् या हवाइजहाजमा, यात्रुसँग मनोमानी भाडा असुल्ने प्रवृत्ति व्यवसायीहरुको छ । सम्बन्धित निकाय प्रहरी प्रशासन, मन्त्रालयको ध्यान नजाँदा मनलाग्दी भाडा असुल्ने गरेको पाइएको छ तर कारवाही गरेको अहिलेसम्म देख्न सकिँदैन ।