भक्तपुर / भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारीन छ ।
गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकीे पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन ।
सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसँ मनाउने योजना भने नभएको उनी बताउछिन । पोखाले भनिन˗ “दसँै आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसँै, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसँै आएजस्तै छैन ।”
यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उनले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दसँैको तयारी भने नगरेको बताछिन ।
उनी भन्छन्˗ “शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दसँै हँुदैन यसपालि, दसँैको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।”
सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरू सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन शिविरमा बस्दै आएकी क्वाठडाँैकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र सातजनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दसँैको कुनै जोहो गरेका छैनन् । दुईजना देवरानी जेठानीले टोपी, मोजा, पन्जा बुनेर आम्दानी गरेको दिनको रु १०० ले परिवार धान्नै मुस्किल छ ।
मानन्धर भन्छन्˗ “कमाइ छैन, बुनाइको पैसाले सातजनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छाँै, दसँैको कुनै तयारी छैन, दसँैमा पाहुना बोलाएर भोज खुवाउनु पर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौँ ।”
शिविर छाडेर भत्किएकै घरको छिँडीमा गएर बस्नुभएकी क्वाठडाँैकी रेनुका सुवालको पीडा पनि कम छैन । शिविरमा बस्दै आएकी उनले दसँै आएपछि जमरा राख्नकै लागि एकसाता अघि भत्किएको घरको छिँडीमा गएर बसेको उनी बताउछन् ।
उनी ˗ “भूकम्पले भत्काएको घरमा गएर बसेका छाँै, दसँैको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्किन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौँ, जिन्दगी साह्रै कठिन भयो ।”नेपालीको महान् चाडको रुपमा मनाइने दसँै नजिकिँदै गरेपनि गत वर्ष वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर शिविरको बास भएका भूकम्पपीडितलाई दसँैको रौनकले छोएकै छैन ।
भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै आएकी ७४ वर्षकी कृष्णकुमारी सुवाललाई पालभित्र चिसो आउन थाले पछि बिरामी परेको बताईन । उनी भन्छिन्˗ “भुइँमा पानी आउँछ, माथिबाट बिहानी पख पालबाट शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दसँै ।”
यही शिविरमा बस्दै आउनुभएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण विरामी परेको रमिता बताईन ।
दसैँको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा यो साँघुरो पालभित्र पाहुना बोलाएर दसँै मनाउन सक्ने अवस्था नभएको बताक्षर््न ।
भक्तपुरका अधिकांश शिविरका भूकम्पपीडित बस्दै आएका शिविरमा यस वर्ष दसँैको कुनै रौनक छैन भने यस वर्षको दसँै निकै खल्लो हुने शिविरका बासिन्दा बताउँछन् । रासस
भूकम्पपीडितलाई आएन दसै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































