dashain-tika नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीkiteकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन image12sकुनै बाधा नहुने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ । दसैँको टीकाका लागि आफ्नो पारिवारिक मिलनसहित सर्वसाधारणले पनि तयारी गरिरहेका छन् । आज सर्बसाधारण विधीवत टिका  उठाई आफन्त इष्टमित्रहरुकोमा आर्शिवात लिन जाने गर्छन । आजैका दिन टिका ग्रहण गरे पछि एक पटक भुुइ छाड्नुपर्छ भन्ने मान्यता रही आएको छ । टिका ग्रहण गरेर एक  पटक पिग खेल्ने गर्छन् । आजैका दिन पाकन लागेको धान बालीलाई टिका देखाउने चलन पनि गाँउघरमा रहि आएको छ ।