विजयपुर/ धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज देखि अपरान्ह ५ बजे सम्म ओपिडि (वहिरङ) सेवा सञ्चालन हुने भएको छ ।
यस अघि जेनेरल ओपिडि बाहेक अन्य ओपिडिहरु दिउसो एक बजे सम्म मात्र सञ्चालन हुने गरेको थियो ।स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरुले अपरान्ह ५ बजे सम्म बहिरंग सेवा उपलब्ध गराउन निर्देशन दिएपछि कार्तिक एक गते बाछ लागुहुने गरि सेवा सुरु गरिएकोे प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्द कुमार सिन्हाले जानकारी दिए ।
प्रतिष्ठानमा छाला, नाककान घांटी, मेडिसिन, बच्चा, हाडजोर्नी, आंखा र एनेस्थेसिया सम्बन्धि केही रोगहरुको भने दिउसो दुई बजेबाट सम्बन्धमा भने प्रतिष्ठानले अपरान्ह २ बजेपछि बिषेशज्ञ सहितको सेवा दिंदै आएको थियो । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान सहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महावौद्ध, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंलाई उक्त निर्देशन दिएको थियो ।