धरान/तीनसाताको आरामपछि मैदानमा उत्रिएका लियोनल मेसीले गए रातिको खेलमा पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको टिम म्यानचेष्टर सिटीमाथि सहज जीत दर्ता गरेको छ ।
मेसीले एकै खेलमा ह्याट्रिक पूरा गर्दा नेइमारले एक गोल गरे । सिटीलाई ४–० गोल अन्तरले बार्सिलोनाले जीत दर्ता गरेको हो ।
बार्सिलोनाले आफ्नै घरेलु मैदान नाउ क्याम्पमा हार बेहोर्न पुगेको हो । सिटी पहिलो हाफसम्म दर्बिलो देखिए पनि दोस्रो हाफमा बार्सा हावी बनेको थियो । जसमा नेइमारले पहिलो पल्ट पेनाल्टी गुमाएका थिए ।
तर, लगत्तै उनले आफ्नो खुबी प्रस्तुत गरेका थिए । मेस्सीले १७ औं मिनेटमा टिमलाई अग्रता दिए । १० खेलाडीमा सिमित बनेको सिटीले दोस्रो हाफमा लगातार गोल खायो ।
जसमा एग्युरोले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् भने उनी चोटका कारणसमेत उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेका हुन् । सिटीले चार गोल खाएको यो नै पहिलो पटक हो ।
बार्साले विजयी यात्रा कायम गर्दै सिटीसँग ५ अंकको फरक दुरी कायम गरेको छ ।