लहान/विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरको हालसम्म सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा सो कमी आएको विद्युत् प्राधिकरण वितरण केन्द्र, सिरहाले जनाएको छ । जिल्लामा गत वर्ष ५१ प्रतिशत विद्युत् चुहावट थियो, अहिले ४२ प्रतिशतमा झरेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए । अभियानका क्रममा हुकिङ गरी विद्युत् चोरी गर्ने ११४ जनालाई कारबाही गरेको उनले बताए । अभियानकाक्रममा विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ परेकाबाट रु नौ लाख छ हजार सात सय भन्दा बढी राजस्वसमेत असुली गरेको प्रमुख यादवले बताए । यस्तै विद्युत् चोरी गर्नेबाट ६२ थान टिभी, ७५ थान विद्युत् मोटर र ४६ थान पङ्खालगायतका विद्युत् उपकरणसमेत बरामद गरिएको केन्द्रले जनाएको छ । केन्द्रले साउनदेखि मङ्सिरको दोस्रो सातासम्ममा ३०७ जना ग्राहकको घरमा जडान गरिएको विद्युत्को लाइन काटिएको र तीमध्ये १२२ जना ग्राहकले रु ३८ लाख ९३ हजार राजस्व बुझाएको केन्द्र प्रमुख यादवले बताए । रासस
सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































