निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुनेः नेता सिटौला
विराटनगर/नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताए । सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उनले टिप्पणी गरे ।
नेता सिटौलाले संसद्मा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुन्छ भने । उनले स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उल्लेख गरे ।
सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताउँदै उनले भने – समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































