धरान/सिने क्षेत्रमा लामो सयमदेखि परिचित आरपी भट्टराईको निधन भएको छ । गृह नगर बिराटनगर आएका भट्टराई बिहीबार बेलुकी फुपूको घरमा गएको समयमा मृत अवस्थामा भेटिएको कलाकारहरुले जनाएका छन् । rp-bhatrai कलाकार दीपकराज गिरीका अनुसार बेलुका खाना खाएर सुतेका आरपी बिहान मृत भेटिएको खबर फुपूले बताउनुभएको थियो । ४२ वर्षीय आरपी प्रेशर र सुगर रोगबाट लामो समयदेखि पीडित थिए । पछिल्लो समय उनले छक्कापञ्जामा अभियन गरेका थिए । यस्तै दीपकराज गिरीकै वडा नम्बर ६ लगायत फिल्महरुमा काम गरेका थिए । उनी हास्य टेपिसिरियल तितोसत्यमासमेत काम गरेका थिए । यही सिरियल मार्फत् उनलाई राजलाम नामक उपनामबाट प्रख्यात थिए । उनको श्रीमति र २ छोरा छन् । उनले केही समय अघि आफ्नै आवाजमा ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए ।