धरान/प्रकृति पूजक लिम्बू जातिहरुको महान चाड चासोक तङ्नाम भोलीदेखि धरानमा सुरु हुँदै छ । किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै यसपटक पाँचदिनसम्म चासोक तङ्नाम हुने भएको जनाएको छ । [caption id="attachment_21192" align="alignnone" width="960"]chasok news चासोक तङ्नाम बारे जानकारी दिँदै । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] चासोकको पहिलो दिन सधैझै धरान–१४ स्थित विजयपुरमा रहेको हाङ्युक्ना दरबार परिक्रमा र पूजा गर्दै विधिवत सुरुवात गरिने नगर अध्यक्ष सुवासचन्द्र हुक्पा चोङबाङले बताए । उनका अनुसार लिम्बु जातिहरुको परम्पारगत पूजासमेत गरिने छ । त्यस्तै मंसिर २७ गते हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो प्रस्तुति हुने छ भने एकराते तङसिङ र लिम्बू जातिको परम्परागत भेषभुष प्रदर्शन गरिने छ । [video width="1280" height="720" mp4="http://blastkhabar.com/wp-content/uploads/2016/12/video-1481345557.mp4"][/video] मंसिर २८ गते त्योअङ्सी सिरिजङ्गाको जन्मजयन्तीसँगै धरान ८ तिनकुनेमा रहेको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम छ । सोही दिन सिरिजंगा लिपीबारे अन्तरक्रिया, बच्चाहरुलाई टीका लगाउने कार्यक्रम, आदिवासी लिम्बूजातिको मौलिक साँस्कृतिक खेलहरु हुने छन् । मंसिर २९ गते केलाङ नाँच प्रदर्शनी हुने छ भने मंसिर ३० गते आदिवासी जनजातिहरुको साँस्कृतिक प्रदर्शनीसँगै समापन हुने अध्यक्ष हुक्पा चोङबाङले बताए । उद्यौलीको अवसरमा हरेक वर्ष सरकारले विदासमेत दिने गरेको छ । किरात याक्थुङ चुम्लुङले दोस्रो राष्ट्रिय महाधिवेशनसँगै प्रमुख चाडको रुपमा विकास गरेर लाने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम अहिले हरेक वर्ष उद्यौलीमा चासोक तङ्नाम मनाइने गरिएको छ ।