धरान/किरात राई यायोक्खा सुनसरीले धरान–१० स्थित यलम्बर स्मृति संग्राहालयमा गजुरको रुपमा वावु (चिण्डो) को सोमबार सिलान्यास गरिएको छ ।
[caption id="attachment_21434" align="alignnone" width="960"]
तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
यायोक्खाका केन्द्रीय अध्यक्ष तीलक राई र सांसद कृष्णकुमार राईले संयुक्त रुपमा सिलान्यास गरेका छन् । सिलान्याससँगै यायोक्खा सुनसरीले साकेला उद्यौलीको अवसरमा आन्तरिक राजश्व कार्यालय धरान अन्तर्गत करदाता सेवा कार्यालय इटहरीका प्रमुख कर अधिकृत भोगिराज राईलाई सम्मानित गरिएको छ । उनलाई केन्द्रीय अध्यक्ष राईले फेटा गुथेर सम्मानित गरेका थिए ।
वावूको पाँच लाख रुपैयाको लागतमा निर्माण सम्पन्न गर्ने जिल्ला अध्यक्ष कमला राईले बताइन् । चार महिना भित्रमा निर्माण सम्पन्न गरिसक्ने अध्यक्ष राईले बताइन् । वावूको उचाई साढे १६ फिटको हुने छ । वावु निर्माणका लागि रामप्रसाद राईले ९ हजार पाँचयस २२ रुपैया, राजेन्द्र राईले ५ हजार रुपैया, कृपा राईले ५ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
कार्यक्रममा भूपू अध्यक्ष मुगाधन राई, संरक्षक सदस्य हिमाल राई, नेपाल प्रज्ञा परिषद् सदस्य शालिक सतासक, प्राकास, नगर, भाषिक भातृ संघका अध्यक्षलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । जिल्ला उपाध्यक्ष बलराम राईले स्वागत गरेको कार्यक्रममा सञ्चालन सचिव हिन्दुहाङ सोरोङ राई र सह सचिव राजेन्द्र राईले गरेका थिए ।