धरान/पारिवारिक भेटघाटका लागि मोरङको विराटनगर आएकी नायिका आशिस्मा नर्कमी शनिबार धरानको गणेशटाकिज हलमा दर्शकसँग भेटिएकी छन् । [caption id="attachment_40851" align="alignnone" width="1200"]
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] राधे फिल्ममा नायिकाको रुपमा देखिएकी उनले आफ्नो फिल्मको प्रतिक्रिया लिनको लागि धरान आएको बताइन् । ‘दर्शकको प्रतिक्रिया बुझ्नको लागि आएकी हुँ ।’ उनले भनिन् । फिल्मको प्रमोसनमा नभई पारिवारिक कामले विराटनगर आएको बेला धरानमा पनि दर्शकसँग भेटिहालु भनेर आएको बताइन् । उनी शुक्रबार सुनसरीको बराहक्षेत्र मन्दिरसमेत पुगेकी थिइन् । १२ फिल्म गरेकी उनले यो फिल्मबाट धेरै नै अपेक्षा गरेको बताइन् । ‘आफूले खेलेको फिल्म भएपछि केही राम्रो होस् भन्ने अपेक्षा हुने रहेछ ।’ उनले भनिन् । उनी यस फिल्ममा मानवअधिकारवादीको भूमिकामा देखिएकी छन् । फिल्ममा उनको अलवा निखिल उप्रेती र प्रियंका कार्कीको अभिनय देख्न सकिन्छ ।