फिल्ममा सफल अभिनेता सलमान खानले एक कार्यक्रममा बोलेको कुराले बलिउडमा चर्चा पाएको छ । बलिउडकी पुरानी अभिनेत्री आशा पारखेको आत्मकथा ‘द हिट गर्ल’ विमोचन कार्यक्रममा सलमानले आफूमा आत्मकथा लेख्ने साहस नभएको खुलाए । उनले भने, ‘म यहाँ हुनका लागि योग्य होइन, मलाई पसिना छुटिरहेको छ । के भनुँ भन्ने नै याद आइरहेको छैन । आत्मकथा लेख्नु सबैभन्दा बहादुरीको काम हो । मलाई लाग्दैन कि म आफ्नो जिन्दगीमा कहिल्यै यो काम गर्न सक्छु ।’ सलमानले आशाको आत्मकथा समेटिएको किताबमा प्रस्तावना लेखेका छन् । यो किताब चर्चित फिल्म समीक्षक खालिद मोहम्मदसँग मिलेर लेखिएको हो ।