धरान/यूनिभर्सल आर्इकन सिजन २ नेपालको गायन र नृत्यको दोस्रो अडिसन बिहिबार झापाको दमकमा सम्पन्न भएको छ । एसइइ परीक्षा दिएर बसेका दमकमा जम्मा २० जना विद्यार्थीले अडिसनमा भाग लिएका थिए । २० जना मध्ये गायनतर्फ ४ छात्र र २ छात्रा गरी जम्मा ६ जना र नृत्यतर्फ ४ जना छात्र र १० जना छात्रा गरी जम्मा १४ जनाले सहभागी लिएका थिए । अडिसनबाट नृत्यतर्फ ५ जना छनोट भएका छन। छनोट हुनेमा श्री सिव्यदोय शिशु सदनका सुजता रार्इ, सगरमाथा एजुकेशन फाउन्डेशनका सबिन रार्इ, सेभेन सी इङ्लिस बोर्डिङ स्कुलका अनुप रार्इ, श्री भानु माध्यमिक बिधालयका विश्णु मगर र नव ज्योती माध्यमिक बिधालयका लक्ष्मि रार्इ छनोट भएका छन् । गायनतर्फ भने कुनैपनि सहभागी छनोट हुन सकेनन् । सो अडिसनमा गायनतर्फ नाद सरगम संगीत विद्यालयका गरू विनायक रार्इ र नृत्यतर्फ युनाइटेड डान्स एकेडेमीका अध्यक्ष सन्तोष तामाङ निर्णायकमा रहनुभएको थियो । अडिसनमा टप यूनिभर्सल एकेडेमिका अध्यक्ष प्रकाश लकान्द्री, रेडियो धरानका स्टेसन म्यानेजर शिशिर रार्इ, ब्लुज फिक्सनका मानस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दमकको संकर आर्ट फाउन्डेसनमा भएको सो अडिसन १२ बजे देखी ४ बजेसम्म भएको थिया । आर्इकनको तेस्रो अडिसन भोली ८ गते शुक्रबार इटहरीको नागी डान्स सेन्टरमा बिहान ११ बजेदेखी हनेछ ।