२८ अप्रिलमा रिलिज भएको निर्देशक एसएस राजामौलीको फिल्म बाहुबली –२ द कन्क्लूजन’ ले बक्स अफिसमा धमाका मच्चाएको छ । बाहुबली–२ , बाहुबलीको सिक्वेल हो जो २०१५ मा रिलिज भएको थियो ।
बाहुबली–२ मा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, तमन्ना भाटिया तथा राम्या कृष्णमूर्तिले काम गरेका छन् । चार दिनमा यो फिल्मले कयौं रेकर्ड बनाएको छ ।
१. बाहुबली २ले हिन्दी संस्करणले पहिलो दिन पूरै भारतमा ४१ करोडको कमाई गर्दै आमिर खानको दंगल तथा सलमान खानको सुल्तानको पहिलो दिनको कमाइलाई मात खुवाएको छ । पहिलो दिन दंगलले २९ करोडको कमाई गरेको थियो र सुल्ताननले ३६ करोडको कमाई गरेको थियो ।
२. बाहुबली २ पूरै भारतमा करिब ८ हजार स्क्रिनमा रिलिज भएको थियो जसमा हिन्दीका साथ साथ तामिल, तेलगु तथा मलयालम भाषामा शामिल र्भको छ । यस पहिला सवैभन्दा बढी रिलिज आमिर खानको फिल्म दंगल थियो जसले गत वर्ष ६ हजार स्क्रिनमा रिलिज भएको थियो ।
३. फिल्मले व्यापार विशेषत्र तरन आदर्शका अनुसार बाहुबली २ ले पहिलो दिन १ सय करोडको आँकडा पार गर्दै १२१ करोडको कमाइ दिएको थियो । यसमा हिन्दी संस्करणको ४१ करोड तथा तामिल, तेलुगु, मलयालमको ८० करोड शामिल भएको छ । बाहुबली २ भारतको पहिलो फिल्महो जसले पहिलो दिन नै १ सय करोडको आँकडा पार गरेको थियो ।
४.फिल्मले अमेरिकामा पहिलो दिन नै ६५ करोडको कमाई गरेको थियो जुन भारतीय फिल्मका लागि ठूलो कमाई हो ।
५. करण जौहर तथा धर्मा प्रोडोक्शनका आँकडा अनुसार बाहुबली २ ले तीन दिनमा तीन सय करोडको कमाई गरेको छ जसले बाहुबली हिन्दी संस्करणको १२८ करोड तथा तमिल, तेलुगु, मलयालमको १७५ करोड शामिल छ ।
६. सामान्यतया हरेक फिल्मको कमाई सोमबार कम हुन्छ तर चौथो दिन बाहुबली २ ले ४०.२५ करेडको कमाई गर्दै एक नयाँ रेकर्ड बनाएको छ । धर्मा प्रोडोक्सनका अनुसार अब बाहुबली २ को हिन्दी संस्करणको कुल कमाई १६८.२५ भएको छ ।
बाहुबली २ भन्दा पहिलो २०१५ मा बाहुबली १ रिलिज भएको थियो । फिल्मले लगभग ३ करोडको कमाइ गरेको थियो । ३ करोड कुनै पनि पुनः रिलिज फिल्मका लागि निकै ठूलो आकडा हो ।