भारतको कर्नाटककी कलाकार रेखा सिन्धुका मृत्यु भएको छ। बेंगलरु हाइवेमा शुक्रबार भएको कार दुर्घटनामा उनको मृत्यु भएको हो। चेन्नइमा बस्दै आएकी रेखा बेंगलरु जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ।
घटनास्थलमै उनको मृत्यु भएको थियो। रेखासँग अभिषेक कुमारन, जयांकंद्रन र रक्षन नामका व्यक्ति पनि रहेको बताइएको छ। उनीहरुको पनि मृत्यु भएको छ।
रेखा टिभी कार्यक्रम तथा विज्ञापनहरुमा अभिनयका साथै मोडलिङ पनि गर्थिन्।