कांग्रेस र माअाेवादी केन्द्रका कार्यकर्ताबीचकाे झडपलार्इ नियन्त्रण लिन हवाइ फायर
रुकुम/नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिनको लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
सानीभेरी गाउँपालिकाको वडा नम्बर १ चाइनाबगरमा दुई पार्टीका कार्यकर्ताहरुबीच झडप भएको थियो । झडपमा परी दुवै तर्फका केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले बताएको छ । झडपले उग्र रुप लिन थालेपछि हवाइ फायर गर्नु परेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीलले घटनालाई नियन्त्रण लिनको लागि हवाई फायर गर्नु परेको बताए । नेपाली कांग्रेसको तर्फबाट सानीभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दको चुनावी कार्यक्रममा माओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































