काठमाडौं – साझा पार्टीबाट मेयरका उम्मेदवार किशोर थापाले भने प्रचारप्रसारमा हाइटेक प्रविधिलाई बढी जोड दिएका छन् । घरदैलो कार्यक्रम खर्चिलो र पुरानो शैली भएकाले यसमा त्यति ध्यान नदिएको उनले बताए ।
विशेषगरी उनले फेसबुक र ट्विटरलाई धेरै प्रयोग गरेका छन् । कार्यकर्तामार्फत महानगरभित्रका मतदातालाई टेलिफोन गरेर भोट माग्ने प्रक्रिया पनि अपनाएका छन् । यसरी उनले दैनिक चार हजारभन्दा धेरै मतदातालाई फोन गर्ने गर्छन् ।
‘घरदैलो कार्यक्रम पुरानो शैली हो । यसमा खर्च पनि धेरै छ । त्यसको ठाउँमा हामीले प्रविधि प्रयोग गरेका छौँ । फेसबुक र ट्विटर यसमा धेरै प्रयोग भएका छन् । मिडियासँगको अन्तर्वार्तालाई पनि उत्तिकै प्रयोग गरेका छौँ,’ उनले भने । साझा पार्टीकाे हार्इटेक प्रचार शैली
काठमाडौं – साझा पार्टीबाट मेयरका उम्मेदवार किशोर थापाले भने प्रचारप्रसारमा हाइटेक प्रविधिलाई बढी जोड दिएका छन् । घरदैलो कार्यक्रम खर्चिलो र पुरानो शैली भएकाले यसमा त्यति ध्यान नदिएको उनले बताए ।
विशेषगरी उनले फेसबुक र ट्विटरलाई धेरै प्रयोग गरेका छन् । कार्यकर्तामार्फत महानगरभित्रका मतदातालाई टेलिफोन गरेर भोट माग्ने प्रक्रिया पनि अपनाएका छन् । यसरी उनले दैनिक चार हजारभन्दा धेरै मतदातालाई फोन गर्ने गर्छन् ।
‘घरदैलो कार्यक्रम पुरानो शैली हो । यसमा खर्च पनि धेरै छ । त्यसको ठाउँमा हामीले प्रविधि प्रयोग गरेका छौँ । फेसबुक र ट्विटर यसमा धेरै प्रयोग भएका छन् । मिडियासँगको अन्तर्वार्तालाई पनि उत्तिकै प्रयोग गरेका छौँ,’ उनले भने ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































