अनैतिक गतिविधिमा संलग्न भारतीय नागरिकसहित १३ पक्राउ
झापा/अनैतिक गतिविधिमा सलग्न भएको अभियोगमा झापा प्रहरीले झापाका विभिन्न होटलबाट केही भारतीयसहित १३ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीयबासीको व्यापक जनगुनासो आउन थालेपछि प्रहरीले चेकजाँचलाई बढाएको थियो । त्यस क्रममा बिर्तामोडको मेचीकोशी टप होटल एण्ड लजबाट सञ्चालकसहित दुई जोडी, ३६५ क्याफेबाट सञ्चालकसहित २ महिला र ५ भारतीय पुरुष र शनिअर्जुन–११ मा रहेको निषा होटल एण्ड लजबाट एक जोडी पक्राउ गरेको विर्तामोड प्रहरीले बताएको छ ।
उनीहरु विरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको छ । यसविषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































