प्रचन्डले रूख चिन्हमा मतदान गरेपछि दिपकराज गिरिको यस्तो व्यङ्ग्य
काठमाडौँ । स्थानिय निर्वाचनमा एमाले–राप्रपा , कांग्रेस–माओवादीले एक–अर्कासँग साझेदारी गरेपछि आजको निर्वाचनमा भोट खसालेका नेताहरुलाई हास्य कलाकार दिपकराज गिरिले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस हाल्दै व्यङ्ग्य गरेका छन् ।
उनले लेखेका छन् ,चितवनमा प्र. म. प्रचन्डले जिवनमा पहिलो पल्ट रूख चिन्हमा मतदान गरे
के. पि . ओलि ले गाइ चिन्हमा मतदान गरे
शेर बहादुर ले माओबादीको हँसिया हथोडामा मतदान गरे
कमल थापाले सूर्य मा भोट हाले ।।। अब एक छापे कोइ रहेनन्।।
यसबाट सबैले बुझौ र एक छापे मतदान कसैले नगरौ !!!
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































