ओरल सेक्सका बारेमा केही जानकारी गराऔं । मानवजीवनमा सेक्सको ठूलो महत्व छ । सेक्सका लागि युवा नै हुन आवश्यक छैन । बूढाबूढीहरू पनि यसबाट भरपूर आनन्दित हुन्छन् । सेक्सबाट आनन्द लिने किसिमका विधि छन् र ओरल सेक्सलाई पनि एउटा महत्वपूर्ण विधिका रूपमा मानिसले प्रयोग गर्दै आएका छन् ।
मानिसले मात्र नभै पशुले पनि यो विधि प्रयोगमा ल्याएर चरम आनन्द लिने गरेको अध्ययनहरूले देखाएका छन् । ओरल सेक्स पश्चिमा देशहरूमा बढी प्रचलित छ । कतिपय देशमा यो गैरकानुनी मानिन्छ । करिब मध्ययुगबाटै यसको सुरुवात भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले तीव्र रूपमा व्यापकता पाएको छ ।
अहिले ओरल सेक्सलाई यौनआनन्द लिने एउटा तरिका, यौन सम्पर्कअघिको पाक्क्रीडा (फोरप्ले) तथा गर्भाधारण रोक्ने विकल्पका रूपमा प्रयोग गरिँदै आएको छ । अध्ययनहरूले देखाएअनुसार बूढापाका पुरुषहरूले श्रीमतीहरूको तुलनामा बढी ओरल सेक्स गर्ने गरेका छन् । २० देखि २४ वर्षको उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलासँग ओरल सेक्स गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहका ६९ प्रतिशत पुरुषले महिलासँग ओरल सेक्स गरेका छन् । अझ अगाडि बढेर अध्ययनहरूले भनेका छन्, ओरल सेक्सले महिलाहरूलाई डिप्रेसनबाट जोगिनसमेत मद्दत गर्छ । यसले दुवै जनाबीचको सामीप्यता र माया अझ प्रगाढ बनाउँछ ।
यो विधिमा मुखको स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ भने यौनाङ्गको सरसफाइ पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले सेक्सका लागि स्वस्थ एवं तन्दुरुस्त शरीर हुनु जति जरुरी छ, शारीरिक स्वास्थ्य पनि त्यत्तिकै अपरिहार्य छ । विशेषगरी मुख र यौनाङ्गको सरसफाइमा ध्यान पुर्याउनुपर्छ ।