कानपाको वडा २७ मा एमाले विजयी
काठमाडौँ/काठमाडौँ महानगरपालिकाको वडा नं २७ मा नेकपा(एमाले) विजयी भएको छ ।
एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































