३३ वर्षपछि फरार धरानबाट पक्राउ
धरान/३३ वर्षपछि वन मुद्दामा कैद पाएका धरान–८ का रामबहादुर तामाङ घरबाटै पक्राउ परेका छन् ।
उनी २०४१ साल माघ ५ गते एकवर्ष कैद र १९ हजार २ सय ८० रुपैया जरिवाना पाएका थिए । उनलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार पक्राउ गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
पक्राउ परेका तामाङलाई जिल्ला अदालतमा बुझाइएको छ । उनी कैद र जरिवना भुक्तान नगरी फरार थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































