इटहरी/नेपालमा सुकुम्वासी समस्या लामो समयदेखि समाधान हुन सकेको छैन । सुकुम्वासी हुनु उनीहरुको दोष त होइन । तर, तीनै सुकुम्वासी वस्तीमा कसरी राजनीतिक दलका नेता र सरकारका जिम्मेवार व्यक्तीले फाइदा उठाई रहेका छन् ?
यिनै विषयलाई समेटेर नेपालको सुकुम्वासी समस्यालाई पर्दामा उतारिएको छ दम द पावरमा । विश्व नेपालले निर्माण गरेको नेपाली कथानक चलचित्र दम द पावरको सोमबार इटहरीमा च्यारिटी शो गरियो । आइ सिनेमामा गरिएको च्यारिटी शोमा चलचित्रका मुख्य अभिनेता श्याम कटुवालसँग दर्शकले भलाकुसारी गर्ने मौका समेत पाए । ‘कटुवाल सुनसरी प्रकाशपुरका वासिन्दा हुन् ।’
चलचित्र हेरेर बाहिरिदै गर्दा दर्शक डम्वर कार्कीले भने ‘तर, उनको प्रस्तुती नाम चलेका अभिनेताको भन्दा कम छैन ।’ चलचित्रका मुख्य कलाकार कटुवालको भूमिका सुकुम्वासीको पक्षमा छ । सुकुम्वासीमै जन्मे हुर्केको भूमिकामा रहेका कटुवालले सरकार र प्रहरी अनि उनीहरुका आसेपासेबाट वस्ती जोगाउन खेलेको भूमिका चलचित्रको मुख्य दृश्य हो ।
तर, चलचित्रले नेपालका आम सुकुम्वासीहरुको वास्तविकता समेटेको छ । खेलकुदको क्षेत्रबाट काठमाडौं छिरेका कटुवाल विस्तारै कलाकारितामा लागे । सर्लाहीको सुकुम्वासी वस्तीलाई आधार मानेर तयार गरिएको सिनेमामा उनी पहिलो नायक बनेका हुन् । यस अघि उनले चलेका ८ वटा चलचित्रमा भूमिका निर्वाह गरिसकेका छन् ।
विश्व नेपाल र दिनश केसीले लगानी गरेको सो चलचित्रमा नायिका जेनिसा केसी रहेकी छिन् । सकुम्वासी वस्तीमा राजनीति गर्ने मन्त्रीलाई समेत अन्त्यमा निर्मम हत्या गर्नु कानुन हातमा लिने काम भए पनि फेरि यस्तो मनोवृत्तीका मानिस यस्तो वस्तीमा नछिरुन् भन्ने उदेश्यले कथा समाप्त गरिएको नायक कटुवालले बताए । चलचित्रमा कटुवाल, नायिका जेनिशा केसी, शिव आचार्य, दिपक क्षेत्रीलगायतले मुख्य भूमिका विर्वाह गरेका छन् ।