स्थानीय तहलाई तीन अर्ब ५९ करोड विनियोजन
डुम्रे (तनहुँ)/सरकारले तनहुँका चारवटा नगरपालिका तथा छवटा गाउँपालिकाका लागि रु तीन अर्ब ५९ करोड विनियोजन गरेको छ ।
सबैभन्दा बढी ब्यास नगरपालिकाका लागि रु ६३ करोड ४७ लाख ८६ हजार बजेट छुट्टयाएको छ ।
यस्तै भानु नगरपालिकामा रु ४९ करोड १४ लाख ५३ हजार, शुक्लागण्डकी नगरपालिकामा रु ४३ कारेड ६३ लाख ४२ हजार र भिमाद नगरपालिकामा रु ३८ करोड ९० लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिकाका लागि रु २४ करोड ६९ लाख ६३ हजार, ऋषिङ गाउँपालिकाका लागि रु ३७ करोड ६ लाख ९७ हजार, घिरिङ गाउँपालिकाका लागि रु २७ करोड ६९ लाख ९४ हजार, देवघाट गाउँपालिका लागि रु २४ करोड ८३ लाख ८८ हजार, बन्दीपुर गाउँपालिकाका लागि रु २५ करोड ४२ लाख ९६ हजार र म्याग्दे गाउँपालिकाका लागि रु २४ करोड ८३ लाख ८८ हजार विनियोजन गरिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































