एमाले पहिलो शक्ति बन्छ:सचिव भट्टराई
ताप्लेजुङ/नेकपा एमालेका सचिव योगेश भट्टराईले दोश्रो चरणको चुनाबमा पनि एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
नेकपा एमाले ताप्लेजुङ याङवरक गाँउपालिका अन्तगर्त थेचम्बुमा चुनाबी सभालाई सम्बोधन गदै बुधवार भट्टराईले सो कुरा बताए ।
उनले काग्रेस, माओवादी लगायतका शक्ति मिल्दा पनि पहिलो चरण एमालेलाई केही गर्न नसकेको बताउदै अब हुने दोश्रो चरणको चुनाबमा पनि एमाले बाहेकका सवै गठबन्धन मिल्दा पनि एमाले पहिलो शक्ति भएरै छाड्ने ठोकुवा गरे ।
उनले राष्ट्रिय स्वाभिमान तथा देश विकासको सपना एमालेसँग मात्र भएको बताउदै याङवरक बासीलाई सुर्यमा मतदान गरी बिजय गराउन आवहान समेत गरे । उनले आफ्नो गृह जिल्ला ताप्लेजुङलाई मुलुककै नमुना जिल्ला बनाउने उद्घोष समेत गरे ।
सो कार्यक्रमामा एमाले प्रदेश न १ का सदस्य तथा पूर्व सासद तिलकुमार मेन्याङवो र एमाल अध्यक्ष बलबहादुर साम्सोहाङ लगायतले सम्बोधन गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































