बलिउड अभिनेत्री ऐश्वर्या रायको पहिरनलाई लिएर उनको प्रसंशा भएको छ । प्रत्येक वर्ष हुँदै आएको कान फिल्म फेस्टिवलमा ऐश्वर्या सहभागी हुँदै आएकी छिन् । ७०औँ कान फिल्म फेस्टिवल फ्रान्सको शहर कान पुगेकी अभिनेत्री ऐश्वर्याको दुई वटा लुक्स देखिएको छ । दुबै लुक्समा ऐश्वर्याको जादू चलेको छ । ऐश्वर्याले आफ्नो छाती (वक्ष)लाई कुशलताका साथ फोटोमा देखाएकी छिन् । ऐश्वर्याले आफ्नो छातीलाई जानीजानी फोटोग्राफरलाई तस्बिर लिन अनुमति दिएको आरोप छ । लोरियल पेरिस इंडिया र ऐश्वर्याका फ्यान क्लबमा तस्बिर सोशल मीडियामा शेयर गरिएको छ । ऐश्वर्या ग्रीन डीपनेक ट्रांसपेरेट गाउनमा सुन्दर देखिएकी छिन् । मल्टीकलर ड्रेस ऐश्वर्यालाई सुहाएको छ । अलग–अलग रंगमा फूलले सजाइएको छ । ऐश्वर्याको यो ड्रेस यनिना फैशनले डिजाइन गरेको हो । शुक्रवार ऐश्वर्यालाई फिल्म क्रिटिक अनुपमा चोपडासँग पनि देखिएको छ । – एजेन्सी