धरान १ र २ बाट नेपाली कांग्रेसकाे प्यानलै बिजयी
धरान/धरान १ र २ बाट कांग्रेस प्यानलै विजयी बनेको छ । १ बाट रोशन अधिकारीको प्यानल विजयी बन्दा २ बाट माधवगोविन्द श्रेष्ठको प्यानलै विजयी बनेको हो ।
अधिकारीले १०२९ मत ल्याउदा निकटम प्रतिद्धन्द्धी भरत सुवेदीले ५४२ मत प्राप्त गरेका छन् । महिला सदस्य ९६०, दलित महिला सदस्य ९८५, खुल्ला सदस्य ७०७ र आरक्षित सदस्य ७३४ मत ल्याउँदै प्यानलै विजयी बनेको हो ।
त्यस्तै २ बाट श्रेष्ठले निकटमत प्रतिद्धन्द्धी मुकुल कायस्थलाई ५३ मत अन्तरले पराजित गरेको हो । श्रेष्ठले कुल झरेको मतको ४९३ मत ल्याउँदा कायस्थले ४४० मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रका रमेश राईले ४ सय मत प्राप्त गरेका छन् ।
उनको प्यानलको महिला सदस्यले ६०५, दलित महिला सदस्यले ६२६, खुल्ला सदस्यले ६०२ र अर्का सदस्यले ६०१ मत प्राप्त गर्दै विजयी बनेका हुन् । त्यस्तै धरान–१ मा पनि कांग्रेस प्यानलै विजयी बनेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































