करिव ढेड लाखको कपडा बरामद
धरान/मोरङको बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट एकलाख बढी मूल्यको कपडा प्रहरीले बरामद गरेको छ ।
सोमबार भारतबाट ल्याउने क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले ४३ थान साडी र २५ थान टप्स बरामद गरेको हो । जसको नेपाली मूल्य अन्दाजी १ लाख ४१ हजार ५ सय रुपैया रहेको प्रहरीले बताएको छ ।
भन्सार छली गरी ल्याउँदै गरेको उक्त समानका धनी प्रहरीलाई देख्नासाथ भागेको प्रहरीले बताएको छ । बरामद कपडा भन्सार कार्यालय रानीमा बुझाईने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































