लागूऔषधसहित दुई पक्राउ
धरान/डेल्टा अप्रेसन अन्तर्गत धरान–१३ बाट दुई युवालाई लागूऔषधसहित धरान प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।
चेकजाँचका क्रममा धरान प्रहरीले धरान–१ का २० वर्षीय सोनु शर्मा र धरान–१२ का २४ वर्षीय अमृत बंगालीलाई नियन्त्रणमा लिएको हो । सोनुको साथबाट लुपिजेसिक ३० एम्पुल, डाइजोलोपाम ३० एम्पुल र एभिल ३० एम्पुल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
बरामद लागूऔषधसहित दुवैलाई इप्रकामा राखी थप अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































